विद्रोही नेता भौतिक कारबाही गर्ने जनमतको धम्की

  • साउन १, २०८२ | ५१४ पटक पढिएको | सीमा संदेश
alt

जनमत पार्टीका निलम्बनमा परेका उपाध्यक्ष ई. दिपक साहसहितका नेतालाई भौतिक कारबाही गर्ने जनमत पार्टीका सिरहा इन्चार्ज बिनोद यादवले चेतावनी दिएका छन् ।

पार्टीका सिरहा इन्चार्ज यादवले पार्टीबाट कारबाहीमा परेका उपाध्यक्ष शाह, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव र कार्यकारिणी सदस्य शम्भु साहलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् ।

पार्टीको निर्देशन र सिद्धान्त विपरित कार्य गरिरहेको भन्दै भौतिक कारबाही गर्ने धम्कीसहितको चेतावनी उनले दिए । पार्टीलाई बदनाम गर्न सिरहामा गतिविधि गरिरहेको भन्दै कारबाही गर्न तीनैजना नेताविरुद्ध सिरहा इन्चार्ज यादवले जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन समेत दिएका छन् । सो निवेदनमै पार्टी विरोधी गतिविधि नरोकिए भौतिक कारबाही गर्ने उल्लेख गरिएको छ ।

भौतिक कारबाही गर्ने चेतावनीसहितको निवेदन जिल्ला प्रशासन कार्यालय सिरहाले दर्ता गरेको छ । पार्टीले कारबाही गरेपछि साहसहितका नेताहरुले ‘ जनसंवाद तथा स्वाभिमान यात्रा’ शुरु गरेका हुन् । सो क्रममा बारामा उनीहरुमाथि जनमतकै कार्यकर्ताले मोसो छ्यापेर दुव्र्यवहार गरेका थिए ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब