पोखरियाबाट सात क्वीन्टल भन्दाबढी अवैध गाँजा बरामद ,घरधनी फरार

  • साउन २, २०८२ | ५०७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा जिल्लाको सुखीपुर नगरपालिका–४ पोखरिया स्थित एक घरमा लुकाई राखिएको ठूलो परिमाणको लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ। बरामद गाँजाको तौल ७१७.६ किलोग्राम रहेको छ भने घरधनी फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

गोप्य सूचनाको आधारमा २०८२ साल साउन २ गते बिहान ६ बजे प्रहरी चौकी सिलौर्वा पछवारीका प्रमुख प्रहरी सहायक निरीक्षक नन्दु राउतको कमाण्डमा ४ जना प्रहरी र सशस्त्र प्रहरी बल बेस क्याम्प सुखीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार यादवको कमाण्डमा ४ जना गरी ८ जनाको संयुक्त टोली खटिएको थियो।

टोलीले पोखरिया निवासी करिब ६० वर्षीय मेदी यादवको घरमा छापा मार्दा घरभित्र २६ वटा पोका गाँजा फेला परेको थियो। पछि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षक राज यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

बिहान ८:४० बजेको समयमा थप १ पोका गाँजा फेला परेपछि बरामद पोका संख्या २७ पुगेको छ, जसको कुल तौल ७१७.६ केजी रहेको प्रहरीले जनाएको छ। हाल घरधनी मेदी यादव फरार रहेका छन् र खोजी कार्य जारी रहेको छ।

बरामद गाँजा तथा आवश्यक अनुसन्धानका लागि सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको प्रहरीले जनाएको छ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब