नरहामा कुटपिट गरेको आरोपमा एक जना पक्राउ

  • जेठ १०, २०८३ | २४० पटक पढिएको | सीमा संदेश
alt

दलित महिलालाई कुटपिट गरेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका-३ का अन्दाजी ५० वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

नरहा-३ खोरियाकी दलित समुदायकी ६० वर्षीया फूलकुमारी खत्वेलाई उनले गत वैशाख २७ गते अपराह्न निर्घात कुटपिट गरेका थिए । प्रहरीका अनुसार, चराउन लगिएको भैंसी आफ्नो खेतमा गएको भन्दै आफूलाई कुटपिट गरेको कुरा पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।

पीडितले अभद्र व्यवहारसम्बन्धी कसुरमा दिएको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट पक्राउ पुर्जी लिएर उनलाई चोहर्वाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई हिरासतमा राखेर थप अनुसन्धान प्रहरीले गरिरहेको छ । आरोपित यादव रास्वपा कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । 

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब