भोटेकोशी बाढी: १,३८५ शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

  • भदौ २६, २०८३ | ७२ पटक पढिएको | सीमा संदेश
alt

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार ३८५ जनाको शव तथा मानव अङ्ग फेला परेको छ। नेपाल प्रहरीले पछिल्लो तथ्यांक सार्वजनिक गर्दै खोज, उद्धार तथा शव व्यवस्थापनको अद्यावधिक विवरण प्रस्तुत गरेको हो।

प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये ५४२ पुरुष र ३३८ महिलाका रहेका छन् भने ५०५ वटा आंशिक मानव अङ्ग फेला परेका छन्। हालसम्म पहिचान खुलेका १०३ वटा शव आफन्तलाई हस्तान्तरण गरिसकिएको छ भने पहिचान हुन नसकेका १,१४८ शवलाई सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको छ।

यस्तै, पहिचान नभएका १,३२६ जनाको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। डिएनए परीक्षणका माध्यमबाट पहिचान खुलाउन मृतकका १,२८६ र आफन्तका १,७१२ गरी कुल २,९९८ जनाको नमुना सङ्कलन गरिएको छ।

विपद्का कारण अझै ४ हजार ८९ जना नागरिक बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा ३,४७९ जना नेपाली (२,९०७ पुरुष र ५७२ महिला) र ६१० जना विदेशी नागरिक (२७२ पुरुष, ३२८ महिला र १० अन्य) रहेका छन्।

आपत्कालीन उद्धार टोलीले हालसम्म घाइते तथा प्रभावित गरी कुल ९,२८७ जनाको उद्धार गरेको छ। जसमा ६,४०७ पुरुष, २,८३० महिला र ५० जना पहिचान नखुलेका व्यक्तिहरू छन्। उद्धार गरिएकामध्ये ३,१७६ जनालाई हाल विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको छ।

प्रभावित क्षेत्रमा खोज, उद्धार तथा सुरक्षाका लागि ७,८७५ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। बाढीका कारण २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् भने ६५ जना प्रहरी प्रत्यक्ष प्रभावित भएका छन्।

यसका साथै, विपद् जोखिम न्यूनीकरणका लागि प्रभावित क्षेत्रहरूमा सञ्चालित १६६ वटा सचेतनामूलक कार्यक्रममा ४५,२३८ जना स्थानीय नागरिक सहभागी भइसकेका छन्।

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब