जनमत पार्टिद्धारा सिटी जुलुस

  • असार १८, २०७७ | ६२७ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा ।  अङ्गीकृत नागरिकता बिधेयक खारिज गर्नुपर्ने मागसहित जनमत पार्टीले सिरहाले औरही गाउँपालिकामा आन्दोलनको कार्य तालिका अनुसार बुधवार सिटी जुलुस  प्रदर्शन गरेकोे छ ।

राज्य व्यवस्था तथा सुशासन समितिले संद्दमा पठाउन लागेको भनिएको नागरिकता ऐन संशोधन विधेयक मधेशी, आदिवासी, जनजाती, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गका जनताहरुले पटक पटक गरेको आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरु प्रति प्रतिगामी र जनचाहना विपरीत रहेको ठहर गर्दै नागरिकता बिधेकको प्रतिलिपी समेत जलाएका छन। 

सयौँँको संख्यामा जनमत पार्टीका नेताहरुको उपस्तिथिमा गाउँ भरी सिटी फुकदै कार्यक्रम गरिएको थियो। २०६३र६३ को आन्दोलन लगायत बिगत को दिनमा मधेशी जन्ताले गरेको संघर्ष बाट प्राप्त उपलब्धिलाई कोरोना महामारीको मौका छोपेर यो दुइ तिहाईको नश्लवादी सरकारले मधेसीको अधिकार खोस्न लागेको भन्दै कडा रुपले बिरोध जनाएका छन।

मधेशी माथि सरकारले गरीरहेको विभेद प्रति जनता सुतेका आवस्थालाई जगाउन सिटी बजाएको युवा नेता दिपेन्द्र यादबले बताउनु भयो । जनता अहिले नजागे फेरी विभेदकारी सरकारले मधेशीलाई विदेशी नागरीक सरह व्यवहरा सुरु गर्ने छ । लोकतान्त्रि गणतन्त्रमा पनि सरकारले गरेको व्यवहर विभेद मांशिकता रहेको छ । बर्षेको नेपाल भारत सम्बन्धलाई समाप्त गरी मधेशीलाई सीमितमा परी गुलम बनाउन प्रयास भईरहेको यसका लागि जनता अहिले जागनु पर्ने यादबले बताउनु भयो ।

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

एउटा खसीको आत्मकथा

म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु  ...

कात्तिक १ गते आइतबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १ गते । आइतबार ...

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब