प्रदेश साँसद प्रमोद यादवद्धारा खेल सामाग्री वितरण

  • असार १८, २०७७ | ९३४ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिकाका सम्पूर्ण वडाका खेलाडीलाई लक्षित गरी सिरहा क्षेत्र नम्बर ३ ‘ख’ का प्रदेश सांसद एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जिल्ला सचिव प्रमोद कुमार यादवको संसदीय कोषको रकमवाट खेलकुद सामग्री वितरण गरेको छ।

सांसद् यादवको संसदीय कोषको ९ लाख ५० हजार विनियोजित बजेटबाट सिरहा नगरपालिकाका २२ वटा वडामा फुटबल र क्रिकेट खेललाई प्रोत्साहन हुने सामग्री सल्लहेश युवा क्लव, सिरहाको सझेदारीमा वितरण गरिएको क्लव अध्यक्ष राजिब कुमार यादवले बताए ।

 लकडाउनको नियमलाई ध्यानमा राखि पहिलो चरणमा वडा नम्बर १, २, ७, ८, ९ र ११ का कल्व र खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको हो । फुटबल खेलका सामग्री वडा नम्बर २, ८, ९ र ११ का खेलाडीलाई जर्सी, बुट, हज र टिमलाई १ थान फुटबल अध्यक्ष यादवले बताए ।

यस्तै वडा नम्बर १ र ७ मा क्रिकेट खेलको लागि खेलाडीलाई जर्सी र टिमलाई विकेट ६ थान, ब्याट २ थान, हेलमेट १ थान, प्याड १ थान, ऐरी १ थान, टेनिस बल १र१ वटा वितरण गरिएको हो । खेल सामग्री वितरण गर्दै प्रदेश साँसद यादवले खेलकुदको विकासमा टेवा पुग्ने बताए । आफू खेलकुद क्षेत्रप्रति लगाब राखेकोले युवाहरुलाई खेलप्रति प्रोत्साहन गर्न खेलकुद सामग्री वितरण गर्न सहयोग गरेको बताए ।

खेलकुद सामग्री वितरण कार्यक्रममा नेकपाका युवा नेता रविन्द्र साह, जिल्ला समन्य समिति सदस्य गिता पासममान, सिरहा नगरपालिकाका मेयरका प्रत्यासी यूवा नेता डा. नविन कुमार यादव, वडा नम्बर ६ का वडाअध्यक्षका प्रत्यासी दिनेश यादव, जिल्ला फुटबल संघका अध्यक्ष अरुण कुमार साह, उपाध्यक्ष कृष्ण कुमार यादव लगायत विभिन्न वडाका खेलाडीहरु बुद्धिजिवी, समाजसेवी, संचारकर्मीहरुको सहभागी रहेको थियो । कार्यक्रमको संचालन खेलाडी रामभरोस यादवले गरेका थिए । 

यसैवीच सलहेश कल्वका अध्यक्ष राजिप यादवले आफूले पाएको राहत रकम अर्का एक खेलाडीलाई हस्तान्तरण गरेका छन् । आफू रेफ्री पनि भएकोले जिल्ला फुटबल संघले आर्थिक सहयोग स्वरुपको २ हजार रकम सहयोग गरेपछि त्यो रकम फुटबल खेलाडी शम्भु कुमार यादव ९हावा० लाई प्रदान गरेको बताए । उक्त चेक रकम प्रदेश साँसद यादव मार्फत खेलाडी शम्भुुलाई प्रदान गरेको थियो।

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

एउटा खसीको आत्मकथा

म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु  ...

कात्तिक १ गते आइतबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १ गते । आइतबार ...

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब