प्रदेश २ मा आईतवारबाट श्रम स्वीकृती दिने

  • असार १८, २०७७ | ३२२ पटक पढिएको | सीमा संदेश
alt

 सिरहा । कोरोना महामारीका कारण ४ महिनादेखि रोकिएको श्रम स्वीकृति पुन: सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आजबाट पुनः श्रम स्वीकृति जारी गर्ने थालिएको हो ।

काठमाडौं कार्यालयबाट आजबाट नै श्रम स्वीकृति दिन सुरु गरिने वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईँले जानकारी दिए । अन्य प्रदेशमा रहेका श्रम कार्यालयहरूबाट आइतबारबाट मात्र पुनः श्रम स्विकृति दिन सुरु गरिने विभागका निर्देशक गुरागाईँले बताए ।

काठमाडौं कार्यालयले स्वास्थ्य प्रोटोकलको मापदण्डअनुसार सेवाग्राहीको लागि लाइन बस्न २–२ मिटरको दूरी कायम हुने गरी व्यवस्था मिलाइएको छ ।

कोभिड९१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को ७ असारमा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति दिन अख्तियारी प्रदान गरेको थियो ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत २९ फागुनदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगनको निर्देशन दिएको थियो ।

उक्त निर्देशनपछि विभागले गत ३० फागुनदेखि वैदेशिक रोजगारीमा जाने, घर विदामा नेपाल आएका तथा नयाँ श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो ।

श्रम कार्यालय ताहाचालले वैदेशिक रोजगार मागपत्रको स्वीकृतिका साथै श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

एउटा खसीको आत्मकथा

म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु  ...

कात्तिक १ गते आइतबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १ गते । आइतबार ...

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब