प्रदेश नम्बर २ को प्रोफाइल सार्वजनिक

  • असार २०, २०७७ | २६१ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । प्रदेश नीति आयोगले प्रादेशिक प्राश्र्वचित्र ( प्रोभिन्सियल प्रोफाइल ) सहित चारवटा पृुस्तक आज सार्वजनिक गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित एक कार्यक्रम बिच नीति आयोगका अध्यक्ष समेत रहनु भएका मुख्यमन्त्री लालबाबु राउतले उक्त पुस्तकहरु सार्वजनिक गर्नु भएको हो ।

आज सार्वजनिक गरिएको पुस्तकहरुमा प्रादेशिक पाश्र्वचित्र २०७७, प्रदेश अनुगमन तथा मुल्यांकन मार्गदर्शन २०७७, प्रदेश योजना तथा कार्यक्रम मार्गदर्शन २०७७ र प्रदेश स्तरमा दिगो विकासका लक्ष्यहरुको आधारशिला प्रतिवेदन रहेको छ ।

कार्यक्रममा मुख्यमन्त्री राउतले आयोगद्वारा प्रकाशित पुस्तकहरु प्रदेशको नीति निर्माणका साथै विकास निर्माणका योजनाहरुलाई प्रभावकारी बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘ तथ्य र तथ्यांक विना विकास निर्माणलाई प्रभावकारी बनाउन सकिदैन, त्यसलाई नै दृष्टिगत गरेर यो पुस्तकहरु ल्याइएको छ यसले अगामी दिनहरुमा योजना बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।

कार्यक्रममा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पुस्तकहरुको प्रकाशनमा प्रदेश सरकारको सबै निकायले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नु भयो । उहाँले भन्नु भयो,‘प्रदेश सरकारको यो पहिलो प्रयास हो , अगामी दिनमा यस लाई अझै परिस्कृत गरिने छ । कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको उपस्थिति रहेको थियो ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब