राहत कोषमा निमित्त कार्यकारी र लेखापालद्वारा १ करोड १९ लाख हिनामिना

  • असार २३, २०७७ | ३८७ पटक पढिएको | सीमा संदेश
alt

मुगु ( नेस) । मुगुको सोरु गाउँपालिकामा नागरिकका लागि छुट्याएको रकम हिनामिना भएको भन्दै गाउँपालिका प्रमुखबाटै जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेस गरिएको छ ।

गाउँपालिकाको राहत कोषमा छुट्याएको १ करोड १९ लाख रकम कुनै काम नभएर गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख धान्य बुढा र लेखापाल जेठबहादुर बुढाको मिलेमतोमा रकम निकालिसकेको देखिएकाले आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेस गरिएको सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले जानकारी दिनुभयो ।

जनताका नाममा आएको रकम कर्मचारीले अनियमितता गरेको देखिएपछि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दिए पनि जिल्ला प्रशासन कार्यालयद्वारा बेवास्ता गर्न थालिएको गाउँपालिकाका अध्यक्ष शाहीले गुनासो गर्नुभयो ।

प्रशासन कार्यालयमा आर्थिक अनियमिततासम्बन्धी मुद्दा पेस गरे पनि त्यसको बेवास्ता गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौला मुगुम गाउँपालिका–९ छाइल गाउँको भ्रमणमा व्यस्त छन् ।

कार्यालयमा आर्थिक अनियमितासम्बन्धी नयाँ मुद्दा आएको भन्ने हल्ला आए पनि आफूलाई कुनै जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले बताउनुभयो । जनताका नाममा आएको रकम कार्यकारी र लेखापालद्वारा सोझै खर्च गरिएकाले स्थानीयसँगको छलफलपछि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दिनुपर्ने अवस्था आएको सोरुका मानवअधिकारकर्मी गंगाराज शाहीले बताउनुभयो ।

आफूहरु गाउँपालिकाको विकासका लागि लागिपरेको तर जनप्रतिनिधिले असमर्थन जनाउने भएकाले विकाससँग सम्बन्धित सबै विषयमा एकजुट हुन नसकेको गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख धान्य बुढाले बताउनुभयो । अर्को आर्थिक वर्षका लागि सबै जना गाउँ परिषद्मा लागि पर्नुपर्ने भए पनि विवाद र आरोपमा लाग्ने काम भएको बुढाको भनाइ छ । जनप्रतिनिधि यस्तो कार्यमा लागे पनि आफूहरु विकास कार्यमा लागेको बुढाको भनाइ छ ।

चालू आर्थिक वर्ष सकिन लाग्दा पनि बजेट कार्यान्वयनमा अनियमितता देखिँदा गाउँपालिकाले आउने आर्थिक वर्षको लागि योजना तर्जुमा गर्न सकेको छैन ।

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

एउटा खसीको आत्मकथा

म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु  ...

कात्तिक १ गते आइतबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १ गते । आइतबार ...

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब